
काठमाडौं । साताको दोस्रो दिन आज सोमबार सुनचाँदीको मूल्य घटेको छ ।
आइतबार १ लाख ९ सय रुपैयाँमा कारोबार भएको सुन आज सोमबार ४ सय रुपैयाँले घटेर १ लाख ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य पनि आज २० रुपैयाँले घटेर १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्