१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


मिदास र माउण्ट भ्यू इङ्लिश बोर्डिङ्ग स्कुलबीच सहकार्य


390
Shares

भक्तपुर । बालकोटस्थित माउण्ट भ्यू इङ्लिश बोर्डिङ्ग स्कुल र स्कुले बालबालिकाहरुलाई अनलाइन मार्फत श्रव्य–दृश्य पाठ्यसामग्रीद्वारा पठन पाठन गराउँदै आएको मिदास ई–क्लासबीच डिजिटल माध्यमबाट शैक्षिक कार्यक्रम लागू गर्ने सम्झौता भएको छ ।

सम्झौतामा हस्ताक्षर गर्दै मिदासका प्रमुख बजार व्यवस्थापक अजय कुमार लामाका अनुसार मिदासले बालबालिकालाई नबिर्सने र व्यवहारिक हुने किसिमको शैक्षिक प्रविधिको ज्ञान दिने छ ।

सरकारी तथा निजी विद्यालयले परम्परागत रूपमा दिने शिक्षा व्यवहारिक हुन नसकेको र शिक्षालाई व्यवहारिक बनाउन नै ई–क्लास शिक्षा प्रणालीको विकास गरिएको समेत उहाँले दाबी गर्नुभएको छ ।