१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


राप्रपा नेपाल बलियो शक्तिको रूपमा स्थापित हुन्छ : अध्यक्ष थापा


377
Shares

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी दिनमा आफ्नो पार्टी एउटा बलियो शक्तिको रूपमा स्थापित हुने दाबी गर्नुभएको छ ।

चौरानब्बे प्रतिशतभन्दा बढि नागरिकहरू हिन्दु राष्ट्रको पक्षमा रहेकाले आफ्नो पार्टी आगामी दिनमा बलियो शक्तिको रुपमा स्थागित हुने उहाँको तर्क छ ।

स्थानीय तह निर्वाचनको तयारी भइरहँदा अध्यक्ष थापाले विगतमा आफ्नो पार्टीले लिएको हिन्दु राष्ट्र बनाउने अडानमा बहुसंख्यक जनताले ऐक्यवद्धता जनाएको उल्लेख गर्दै अब एउटा बलियो शक्ति बनेर उदाउने बताउनुभयो ।

सोमबार वीरगञ्रगंजका स्थानीय सञ्चारकर्मीहरूमाझ उहाँले जनताले मन नपराएको राजसंस्थाको एजेण्डालाई आफ्नो पार्टीले छोडेको पनि स्पष्ट पार्नुभयो ।

राजसंस्थाको एजेण्डालाई छाडेपछि आफ्नो पार्टीलाई नागरिक समाज, बुद्धिजीवि र आमसञ्चार माध्यामहरुले पनि सकारात्मक रुपमा लिने उहाँको विश्वास थियो ।

अध्यक्ष थापाले आफू लोकतन्त्र, हिन्दु राष्ट्र, सुशासन र समृद्धिको एजेन्डा लिएर जनतामा जाने पनि दोहोर्‍याउनुभयो ।

अध्यक्ष थापाले पश्चिमा मुलुकहरूको दबावका कारण संविधानमा हिन्दु राष्ट्र हटाएर धर्म निरपेक्षता भन्ने प्रावधान राखिएको दाबीसमेत गर्नुभयो ।