
चितवन । भरतपुर मेयर कप एक दिवसीय प्रतियोगिता सोमबारदेखि चितवनमा सुरु भएको छ ।
नारायणी एडभर्टटाइजिङ एन्ड इभेन्ट्स प्रालिको आयोजनामा गौतमवुद्ध अन्तराष्ट्रिय क्रिक्रेट रंगशालाको नमुना खेलमैदानमा प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिता उद्घाटन गर्दै भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले भरतपुरले क्रिकेटमा राम्रो प्रगति गरेको बताउनुभयो । धुर्मुस सुन्तली फाउण्डेशनको पहलमा निर्माण भएर बीचमा रोकिएको रंगशालालाई चाँडै आकार दिने उहाँको भनाइ छ ।
दाहालले रंगशाला अलपत्र भएपछि महानगरले अपनत्व लिइसकेकाले चाँडै निर्माण थालनी भएको खबर सुन्न पाइने बताउनुभयो ।
आयोजक संस्थाका सञ्चालक राजु चौधरीका अनुसार प्रतियोगितामा तीन वटा टिम चितवन, नवलपुर र मकवानपुरले सहभागिता जनाएका छन् ।
उद्घाटन खेलमा चितवन र नवलपुरबीच प्रतिस्पर्धा भएको थियो ।
प्रतिक्रिया दिनुहोस्