२५ चैत्र २०८१, सोमबार | Tue Apr 8 2025


निर्वाचनलाई ठूला दलको सिण्डिकेटविरुद्ध प्रयोग गरौं : लिङ्देन


403
Shares

परासी । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तहको निर्वाचनलाई ठूला दलहरूको सिण्डिकेटविरुद्ध प्रयोग गर्नुपर्ने बताउनुभएको छ ।

पार्टीको नवलपरासी जिल्ला समितिद्धारा सोमबार परासीमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले तीन ठूला दलको हातबाट राजनीति बाहिर नगएसम्म देशले निकास नपाउने दाबी गर्नुभयो ।

अधिकांश समय नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रको आलोचना गर्न खर्चनुभएका लिङ्देनले २०४६ सालदेखि सीमित राजनीतिक दलको सिण्डिकेटमा देश फसेकोले त्यसबाट मुक्त हुन अहिलेको निर्वाचनलाई प्रयोग गर्नुपर्ने बताउनुभयो ।

एक छाक बन्दोबस्त गरेको भरमा र केही दिनको आवश्यकता पूरा गरेको भरमा मत दिने सोचलाई परिवर्तन गर्नुपर्नेमा लिङ्देनले जोड दिनुभयो । तीन दललाई भोट दिनु भनेको साढेको टाङमुनि बसेर दुध थाप्नुजस्तै भएको उहाँको तर्क छ ।

आमसभामा पार्टीका उपाध्यक्ष धु्रव बहादुर प्रधान, प्रवक्ता ज्ञानेन्द्र शाही, लुम्बिनी प्रदेश अध्यक्ष प्रदिप उदयलगायतका नेताले सम्बोधन गरेका थिए ।