
काठमाडौं । जहानिया राणा शासनको समयमा महिला शिक्षाको लागि स्थापना भएको ऐतिहासिक कन्या मन्दिर माध्यमिक विद्यालयले हीरक जयन्ती मनाएको छ ।
सोही अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना सन्देश दिँदै विद्यालयले शिक्षा क्षेत्रमा महिलाको जनचेतनाको विकासमा ठूलो योगदान गरेको बताउनुभयो ।
महिलालाई पढ्ने अवसर दिलाएको स्कुलले कुशल प्रशासक, विभिन्न क्षेत्रका विज्ञ र समाजसेवी महिला उत्पादन गर्न सफल भएको उहाँले बताउनुभयो ।
क्षत्रपाटी स्थित विद्यालयमा भएको कार्यक्रममा कांग्रेस नेता प्रकाशमान सिंहले शैक्षिक लगायत हरेक क्षेत्रमा चरम राजनीतिकारण भएको भन्दै राजनीतिलाई सेवा बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
सर्वसुलभ सेवा दिएर देशको अवस्थालाई सुधार्नेतर्फ राजनीतिक नेतृत्वको ध्यान जानुपर्ने उहाँको भनाइ थियो । हीरक जयन्तीको अवसरमा स्कूलको विकासमा महत्वपूर्ण योगदान गर्ने विभिन्न व्यक्तिलाई कदरपत्रसहित सम्मान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्