
काठमाडौं । रुस र युक्रेनबीच आज मंगलबार पनि टर्कीमा शान्ति वार्ता हुँदैछ ।
वार्तामार्फत रुसलाई तत्काल युद्धबिराम गराउने युक्रेनको चाहना छ । युद्धबिरामसँगै अन्य सम्पूर्ण विषयमा सहमति खोज्नुपर्ने युक्रेनका विदेशमन्त्री दिमित्री कुलेबाको भनाई छ । रुस भने युक्रेनलाई निशस्त्र बनाई तटस्थ हैसियतमा पुर्याएपछि मात्रै हतियार बिसाउने योजनामा छ ।
यसैबीच, रुसी सेनाले युक्रेनको उत्तरी क्षेत्रमा रहेको चेर्निहाइभ शहरलाई चारैतिरबाट घेरा हाल्दा दसौं हजार मानिस बिचल्लीमा परेका छन् । सो शहरका अस्पताल, सिनेमा हल र स्टेडिएममा गरेको आक्रमणका कारण सर्वसाधारण मारमा परेका हुन् । रुसी सेनाले शहरका आवासिय भवनहरुमा मिसाइल आक्रमण गर्दा सयौं घरहरु ध्वस्त भएका छन् ।
राजधानी किभ भन्दा १ सय ४४ किलोमिटर टाढा रहेको सो शहर कब्जा गरी राजधानी किभ प्रवेश गर्ने दाउमा रहेको रुसी सेनालाई युक्रेनी सेनाले प्रतिकार गर्दा दर्जनौं युक्रेनी सेना हताहत भएको बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस्