
काठमाडौं । रुसी अर्बपति रोमन अब्रामोविच विषाक्त आक्रमणको शिकार भएको खुलासा भएको छ।
अब्रामोविचमा देखिएका लक्षणहरु विषाक्त आक्रमणको हुनसक्ने भएकाले त्यसको छानविन भईरहेको छ । यही मार्च महिनाको सुरुमा युक्रेन–बेलारुसको सीमा क्षेत्रमा भएको शान्ति वार्ताको क्रममा उनीमाथि विषाक्त आक्रमण भएको हुन सक्ने जनाइएको छ ।
इंग्लिस प्रिमियर लिग क्लब चेल्सीका मालिक अब्रामोभिचको अवस्थामा अहिले सुधार आएपनि सम्भावित विषाक्त आक्रमणका कारण उनको आँखा सुन्निएको तथा छालाको रंग पहेँलो भएको प्रमाण फेला परेको छ ।
अब्रामोभिचसँगै युक्रेनको वार्ता टोलीमा रहेका दुई जनालाई पनि सोही प्रकारको समस्या देखिएको उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्