१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


धनुषामा ५ जना सवार मोटरसाइकल दुर्घटना हुँदा ४ जनाको मृत्यु, १ जना गम्भीर घाइते


260
Shares

काठमाडौं । धनुषाको सबैला नगरपालिका–१२ बरकुर्वामा सोमबार बेलुकी ५ जना सवार मोटरसाइकल दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १ जना गम्भीर घाइते भएका छन् ।

ज ६ प ६७३९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार सबैला नगरपालिका–२ का १२ वर्षीय लक्ष्मि यादव, सोही ठाँउका १२ वर्षकै बौका यादव, १४ वर्षीय समित यादव र १५ वर्षीय राहुल यादवको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका उनीहरुलाई उपचारको लागि जनकपुर स्थित प्रादेशिक अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

यसैगरी, घाइते १९ वर्षीय सुरेन्द्र यादवको सोही अस्पतालमा उपचार भईरहेको छ ।

दुर्घटनाको कारण खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।