२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


त्रिभुवन विमानस्थलबाट हुने हवाई उडान प्रभावित


819
Shares

काठमाडौं । कम भिजिविलिटीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण मंगलबार पनि प्रभावित भएका छन् ।

आज (मंगलबार) बिहानैदेखि काठमाडौंको मौसम धुम्म छ । आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभयो। भिजिविलिटी कम हुँदा साेमबार दिउँसो पनि त्रिभुवन विमानस्थलबाट हुने उडान र अवतरण प्रभावित भएकोथियो। कम भिजिविलिटीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण मंगलबार पनि प्रभावित भएका छन्।

साेमबार जस्तो असर नरहेको र मौसममा सुधार हुनेबित्तिकै उडान अवतरण नियमित हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताउनुभयाे ।