७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


अर्घाखाँचीमा आगलागी हुँदा करिब ५० लाख बराबरको क्षति


364
Shares

अर्घाखाँची । अर्घाखाँचीमा आगलागी हुँदा करिब ५० लाख बराबरको क्षति भएकाे छ ।

अर्घाखाँचीको सन्धिखर्कमा रहेको बिस्मिल्ला सिरक डसना उद्योगमा आज (मंगलबार) दिउँसाे आगलागी भएको हाे । आगलागीबाट करिब ५० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले जानकारी दिनुभयो ।

आगलागीबाट दुई वटा मेसिन एउटा जेनेटर, सिरक डसना लगायत सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । उद्योगी मोहम्द फिरोज आगो निभाउने क्रममा बेहोस भएपछि उनलाई उपचारको लागि अस्पताल भर्ना गरिएको छ ।

करिब एक घण्टापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय दमकलको सहायताबाट आगो नियन्त्रमा आएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएकाे छ ।