२६ चैत्र २०८१, मंगलबार | Wed Apr 9 2025


चिनियाँ विदेशमन्त्रीको भ्रमण कोशेढुंगा सावित भएको सरकारी दाबी


195
Shares

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यीको भ्रमण कोशेढुंगा साबित भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको तयारीबारे जानकारी दिन आयोजित कार्यक्रममा मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले विदेशमन्त्री वाङको भ्रमण कोशेढुंगा साबित भएको बताउनुभएको हो ।

प्रधानमन्त्री देउवाको भारत भ्रमणको तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।

यसअघि सोमबार परराष्ट्र र भारतको विदेश मन्त्रालयले छुट्टाछुट्टै विज्ञप्तिमार्फत प्रधानमन्त्रीको भ्रमण तालिका सार्वजनिक गरेका थिए ।

प्रधानमन्त्री देउवा शुक्रबारदेखि तीनदिने औपचारिक भारत भ्रमणमा जाँदै हुनुहुन्छ । देउवाले शनिबार हैदराबाद हाउसमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।