१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


काभ्रेमा ९० हजार बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिइने


104
Shares

काभ्रे । जिल्ला स्वास्थ्य कार्यालयले टाइफाइड विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ ।

१५ महिनादेखि १५ वर्ष उमेर समूहका करिव ९० हजार बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर पुरुषोत्तम सेढाँइले जानकारी दिनुभयो ।

चैत २५ गतेदेखि ३० गतेसम्म हुने खोप अभियानका लागि हरेक वडामा रहेका विद्यालयमा खोप केन्द्र तोकिनेछ भने अतिरिक्त दिन स्वास्थ्य केन्द्रमा खोप लगाउने व्यवस्था मिलाइने छ ।

टाइफाइड विरुद्धको खोप अभियानका लागि १ सय ८१ जना स्वास्थ्यकर्मी र २ सय ५८ जना खोपकर्ता खटिनेछन् ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार गत आर्थिक वर्ष जिल्लामा ४ हजार १ सय ४९ जनामा टाइफाइड संक्रमण देखिएको थियो । नेपालमा हरेक वर्ष करिव ४ लाख ५० हजार जनसंख्यामा टाइफाइड संक्रमण हुने गरेको तथ्याङ्क छ ।

झाडापखाला, टाइफाइड, हैजा जस्ता रोगहरूबाट बाबाबालिकाहरूलाई बचाउन नियमित खोप जरुरी रहेको डब्लुएचओका प्रतिनिधि डाक्टर पवन उपाध्यायले बताउनुभयो ।