
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारण सभा सुरु भएको छ ।
सानेपास्थित हेरिटेज गार्डेनमा एन्फाको साधारण सभा सुरु भएको हो । राष्ट्रिय खेलकुद परिषद (राखेप) का उपाध्यक्ष शिव कोइरालाले साधारण सभाको उद्घाटन गरे ।
साधारण सभामा निर्वाचनमा केन्द्रित एजेण्डाहरूमा छलफल हुनेछ । एन्फाको निर्वाचन आगामी वर्षको जेठ १५ गते हुनेछ । मुख्यत ४ एजेण्डामा साधारण सभा केन्द्रित हुनेछ ।
साधारण सभामा मुख्य एजेण्डाको रुपमा निर्वाचन समिति गठन सम्बन्धि रहेको छ । यस्तै निर्वाचन पुनरावेदन समिति गठन सम्बन्धि छलफल हुनेछ ।
त्यस्तै संघको वार्षिक कार्यक्रम तथा बजेट एवम् आर्थिक वर्ष २०७७÷०७८ को लेखा परीक्षण प्रतिवेदन पारित गर्ने सम्बन्ध र निर्वाचनमा सहभागी उम्मेदवारको मनोनयन शुल्क सम्बन्धमा छलफल हुनेछ ।
प्रतिक्रिया दिनुहोस्