
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा स्थानीय निर्वाचनमा सत्तागठबन्धनका दलहरुबीच तालमेल गर्ने कि नगर्ने भन्ने विषयमा छलफल जारी छ ।
आसन्न स्थानीय निर्वाचनको तयारीबारे छलफल गर्न चार दिनदेखि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी रहेको छ । कांग्रेसमा खासगरी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पक्षका नेताहरु सत्ता गठबन्धनमा रहेका दलहरुबीच चुनावी गठबन्धन हुनुपर्छ भन्ने पक्षमा छन् भने डा शेखर कोइराला पक्षका नेताहरु भने कांग्रेस एक्लै निर्वाचनमा जानु पर्ने पक्षमा छन् ।
गठबन्धन गर्ने र नगर्ने भन्ने विषयमा बिवाद भएपछि मंगलबारको बैठकमा नेताहरुले मध्यमार्गी बाटो अपनाउनु पर्ने विषयमा कुरा उठाएका बैठकमा सहभागी एक कांग्रेस केन्द्रीय सदस्यले इमेजखबरलाई जानकारी दिए ।

ती नेताका अनुसार स्थानीय आवश्यकता हेरेर “चुनावी तालमेल” गर्ने गरी कांग्रेसले निर्णय गर्न सक्ने छ । प्रधानमन्त्री देउवाले सत्ता गठबन्धनमा सहभागी दलहरुबीच सहकार्य गरेरै जानुपर्नेमा जोड दिदै आउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्