
काठमाडौं । अमेरिकाले नेपालमा नयाँ राजदूत नियुक्त गरेको छ । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले सुरक्षाविज्ञ डिन थम्पसनलाई नेपालको राजदूतमा नियुक्त गरेको हो ।
काठमाडौंस्थित राजदूत र्याण्डी बेरीको कार्यकाल सकिन लागेकाले उनको ठाउँमा थम्पसनलाई पठाउन लागिएको हो ।
थम्पसन हाल अमेरिकाका लागि दक्षिण र मध्य एसियाली मामिला व्युरोका उपसहायक सचिव हुनुहुन्छ । सो क्षेत्रका देशहरुसँगको सम्बन्धबारे हेर्ने जिम्मेवारीमा रहेका थम्पसनसँग कूटनीतिक क्षेत्रमा २५ वर्षभन्दा बढी समयको अनुभव छ ।
मलेसियाको अमेरिकी दूतावासमा डेपुटी चिफ अफ मिसन, रोमानियाको अमेरिकी दूतावास, भारतको कोलकातामा कन्सुलर जनरल र श्रीलंकामा आर्थिक तथा वाणिज्य मामिला विभाग प्रमुखको रुपमा काम गरेको अनुभव उहाँसँग रहेको छ ।
नेपालमा चीनसँग टकरावको स्थिति बढिरहेको बेला अमेरिकाले सुरक्षा मामिलामा दख्खल राख्ने वरिष्ठ कूटनीतिज्ञलाई काठमाडौं पठाउन लागेको देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्