
काठमाडौं । साताको चौथो दिन आज बुधबार सुनचाँदीको मूल्य घटेको छ ।
मंगलबार ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज बुधबार ४ सय रुपैयाँले घटेर ९८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य पनि आज १० रुपैयाँले घटेर १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्