४ बैशाख २०८२, बिहिबार | Fri Apr 18 2025


सत्ता गठबन्धनको बैठक भोलि बस्ने


130
Shares

काठमाडौ । स्थानीय तह निर्वाचनका विषयमा रणनीति बनाउन सत्तारुढ गठबन्धनको बैठक भोलि (बिहिबार) बस्ने भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार बिहान बस्ने गरी बैठक बोलाइएको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिनुभयो । बैठकमा आगामी निर्वाचनमा गठबन्धनबीच तालमेल गर्ने विषयमा छलफल हुने उहाँले बताउनुभयाे । आगामी वैशाख ३० गते देशभरका ७ सय ५३ वटै स्थानीय तहमा निर्वाचन हुँदैछ ।

साे निर्वाचनमा पाँच दलीय सत्ता गठबन्धनमा रहेका दलहरु स्थानीय तहमा तालमेल गरेर उम्मेद्वार उठाउने तयारीमा छन् भने प्रमुख प्रतिपक्ष दल नेकपा एमाले भने एक्लै चुनाव लड्ने बताउँदै आएको छ ।

सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र जनमोर्चाले आवश्यकताअनुसार स्थानीय तहमा तालमेल गर्नसक्ने निर्णय गरिसकेका छन् ।

उनीहरुले महानगर र उपमहानगरको हकमा केन्द्रबाटै निर्णय गर्ने तयारी समेत गरेका छन् ।