१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


स्थानीय तह निर्वाचनमा एमाले संकटमा


7.969k
Shares

काठमाडौ ।  प्रमुख सत्तारुढ घटक नेपाली कांग्रेसले स्थानीय आवश्यकताका आधारमा निर्वाचनमा तालमेल गर्ने निर्णय गरेसँगै आगामी निर्वाचनमा पहिलो दल नेकपा एमालेको दावी लामो समय टिक्न नसक्ने भएको छ ।

सत्तारुढ कांग्रेसको केन्द्रीय समितिको निर्णयले गठबन्धनमा रहेका नेकपा माओवादी केन्द, नेकपा एकीकृत समाजवादी, जनता समजावादी पार्टी उत्साहित देखिँदा एमालेलाई अघिल्लो निर्वाचनमा आएको मतको साख जोगाउनै सकस पर्ने देखिएको हो । चुनावी गठबन्धनले दवाबमा परेको एमाले एक्लै प्रतिस्पर्धा गर्ने पछिल्लो नीति फेरबदल गर्ने मनसायमा पुगेको छ ।

आगामी वैशाख ३० मा एकै चरणमा हुने आसन्न स्थानीय तहको निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेविरुद्ध चुनावी गठबन्धन हुने भएपछि तत्काल वाम गठबन्धन हुने सम्भावना टरेको छ ।

यसले एमालेलाई अघिल्लो निर्वाचनमा आएको मतको प्रतिष्ठा जोगाउन चुनौती थपिएको छ । संसद र स्थानीय तहमा फेरि जित्नै नदिने गरी सत्तारुढ दलहरुले गठबन्धन गर्ने निर्णय गरेसँगै एमालेलाई घातक तुल्याईदिएको छ ।

पार्टीभित्रको इतर पक्षको असन्तुष्टिकाबीच पनि कांग्रेस संस्थापन पक्षले माओवादी र नेकपा एसको सहकार्यमा एमालेलाई कमजोर पार्ने, चुनावसम्म बामपन्थीदलबीच एकता हुन नदिने र अघिल्लो निर्वाचनमा भोगेको परिणाम उल्टाएर पहिलो दल बन्ने रणनीति बनाएको छ ।

कांग्रेसको निर्णयबाट प्रफुल्लित बन्नुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि सत्तारुढ दलहरुबीच चुनावी गठबन्धन हुने पक्का भएको ठोकुवा गर्नुहुन्छ । उहाँ गठबन्धन भएपनि आफ्नो प्रभाव रहेका क्षेत्रमा माओवादीकाे दावी रहने बताउनुहुन्छ ।

यता कांग्रेसको निर्णयले चुनौती थपिएपनि एमाले आफ्नै बलबुताहामा पहिलो दल बन्ने दावी मात्र गर्दै छैन आफ्नो पार्टीसँग प्रतिष्पर्धा गर्ने सामथ्र्य अन्य पार्टीसँग नभएको जिकिर गरेको छ । जनादेशको सरकार गुमाएको एमालेलाई गठबन्धन मिल्दा केन्द्रदेखि प्रदेश र रिक्त राष्ट्रिय सभाको चुनावमा बेहोरेको क्षतिबाट घाइते भएको छ ।

त्यसैले पनि सत्ता गठबन्धनसँग चुनाव लड्न एमालेले पनि साना दललाई संख्यात्मक रुपमा भएपनि अर्को गठबन्धन बनाउने सम्भावना पनि उत्तिकै छ ।