२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


ज्येष्ठ पत्रकार वृत्ति कोष मापदण्ड अन्तिम चरणमा


143
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ज्येष्ठ पत्रकार वृत्ति कोष वितरणका लागि मापदण्ड बनाउने काम अन्तिम चरणमा पुगेको बताउनुभएको छ ।

मन्त्री कार्कीले ६५ वर्षमाथिका पत्रकारहरुलाई जीवन यापनमा सहयोग पुगोस् भनेर व्यवस्था गरिएको सो कोष वितरणका लागि मापदण्ड बनाउने काम अन्तिम चरणमा पुगेको बताउनु भएको हो ।

नेपाल पत्रकार महासंघको ६७ औं स्थापना दिवसको अवसरमा आज (बुधबार) काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले श्रमजीवि पत्रकारहरुको हक, हित तथा उनीहरुको भौतिक सुरक्षा गर्न सरकार प्रतिवद्ध रहेको पनि दोहोर्याउनु भयो ।

कार्यक्रममा महासंघका अध्यक्ष विपुल पोखरेलले आम सञ्चार नीति कार्यान्वयन हुने गरी तत्काल कानून बनाउन सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले श्रमजीवि पत्रकारहरुको न्युनतम पारिश्रमिक वृद्धि गर्न सरकार उदासिन बनेको भन्दै असन्तुष्टि समेत व्यक्त गर्नुभयो ।

अध्यक्ष पोखरेलले श्रमजीवि पत्रकारहरुको न्यूनतम पारिश्रमिक ऐनको प्रभावकारी कार्यान्वयनका लागि पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।