
web pic
काठमाडौं । सर्लाहीमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने कारमा सवार ५ जना घाइते भएका छन् ।
बुधबार राति लालबन्दी नगरपालिका–१७ कालिनजोर पुलनजिक पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको बि आर ०६ बि एम १५३७ नम्बरको भारतीय कार अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा कारका चालक भारतको सीतामढी बयलडाबड धनुषी–२ का २२ वर्षीय नवीन यादवको मृत्यु भएको हो । गम्भीर घाइते भएका यादवको उपचारको क्रममा स्थानीय गढीमाई अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
घाइते सबै सोही स्थानका रहेको र उनीहरुको लालबन्दी स्थित गढीमाई अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्