
रौतहट, चैत ७ । ट्राफिक प्रहरीले सडक सुरक्षा सचेतना अभियान संचालन गरेको छ ।
प्रदेश नम्बर २ भएर चल्ने सार्वजनिक सबारी साधनमा शुक्रबारदेखि टाईम कार्ड लागू गरिएको हो ।
दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले पुर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीदेखि पर्सा सम्मको दुरी पार गर्न टाईम कार्ड लागु गरिएको हो ।
प्रति एक किलोमिटरको दुरी पार गर्न एक मिनेट ३० सेकेण्डको गतिमा चलाउने गरी टाईम कार्य लागु भएको हो ।
टाईम कार्डसंगै सवारी साधनका चालकलाई हरियो ज्याकेट र यात्रुलाई फोहोर संकलन गर्न बाल्टीन उपलब्ध गराइएको छ । यस्तै कोरना भाईरसको संक्रमणबाट जोगाउन ठाउँ ठाउँमा चालकलाई साबुन पानीले हात धुन लगाइने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्