
फाइल तस्वीर ।
काठमाडौं । धोबीखोला कोरिडोरमा एक नवजात शिशुको शव फेला परेको छ ।
बिहिबार धोबीखोलाको सेतो पुल नजिकै फोहोर फाल्ने ठाउँमा फोहोरसँगै शव भेटिएको हो ।
रातो पछ्यौराले छोपिएको अवस्थामा फोहोरको डंगुरमाथि नवजात शिशुको शव फेला परेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्