
बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका जिल्लाकै पहिलो जातीय भेदभाव तथा छुवाछुत मुक्त पालिका घोषणा भएको छ ।
गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले आज (बिहिबार) एक कार्यक्रमकाबीच छुवाछुत मुक्त पालिका घोषणा गर्नुभयो । जिल्लाका ८ पालिका मध्ये बढैयाताल गाउँपालिकाले दलितका सवालमा काम गर्ने गैर सरकारी संघ संस्थासंग समन्वय गरी पालिकालाई जातीय भेदभाव तथा छुवाछुत मुक्त पालिका घोषणा गरेको हो ।
बर्दियाको बढैयाताल गाउँपालिकामा जातीय विभेद नहुने बताउँदै कसैले उल्लंघन गरेमा कानून बमोजिम कारबाही गर्ने पालिकाका अध्यक्ष श्रेष्ठले बताउनुभयो । उहाँले नमुनाको रुपम जातीय विभेद, छुवाछुत मुक्त गाउँपालिका बनाउने पनि बताउनुभयो ।
विभिन्न राजनैतिक दलका प्रतिनिधिले पालिकालाई छुवाछुत मुक्त राख्ने कार्यमा सहयोगको प्रतिबद्धता समेत जनाएका छन।
प्रतिक्रिया दिनुहोस्