२८ चैत्र २०८१, बिहिबार | Fri Apr 11 2025


रुपन्देहीमा नमुना बस्ती बिपन्न परिवारलाई हस्तान्तरण


598
Shares

काठमाडौं । रुपन्देहीको सैनामैना कञ्चन खोलाको किनारा नजिकै निर्मित नमुना बस्ती आज ( बिहिबार ) हस्तान्तरण गरिएको छ ।

बस्तीमा बनेका १० घर बिपन्न तथा गरीब परिवारलाई हस्तान्तरण गरिएको हो । ३ कोठा र १ शौचालयसहितका घर तराई मधेश समृद्धि कार्यक्रमको ७० प्रतिशत र सैनामैना नगरपालिकाको ३० प्रतिशत लागत साझेदारीमा बनेको हो । सैनामैना नगरपालिकामा चक्रपथ निर्माणको काम सुरु भएपछि नमुना बस्तीको निर्माण गरिएको हो ।

चक्रपथबाट विस्थापित परिवारको लागि नमुना बस्तीमा स्थापित गर्नको लागि घर बनाईएको थियो । घर बनाउँन नसक्दा कष्टकर जीवन विताईरहेका उनिहरुले सुविधा सम्पन्न घर पाएपछि खुशी भएकाछन् ।

नगरपालिकाले कार्यविधि बनाएर आर्थिक रुपमा बिपन्न परिवारको लागि मासिक एक सय रुपैंया शुल्क लिएर घर हस्तानान्तरण गरिएको सैनामैना नगरपालिकाका मेयर चित्र बहादुर कार्कीले बताउनुभयो ।

संघीय सरकारको १ करोड ८६ लाख ५७ हजार रुपैयाँमा नमुना बस्ती बनाईएको उहाँले बताउनुभयाे ।