२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


नेपालमा सांस्कृतिक सम्पदाकाे अतिक्रमण हुने क्रम बढ्याे


78
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री प्रेम आलेले नेपालमा सांस्कृतिक सम्पदाहरु अतिक्रमणमा पर्ने क्रम बढेको बताउनुभएको छ ।

उहाँले सरकारले विभिन्न स्वार्थ समूहको अतिक्रमणमा परेका सम्पदाहरुको संरक्षण गर्ने पनि बताउनुभएको हो । नेपाल विश्व हिन्दु महासघंले काठमाडौंमा आज (बिहिबार) आयोजना गरेको अन्तर्राष्ट्रिय हिन्दु सम्मेलनको उद्घाटन गर्दै मन्त्री आलेले विगतमा सरकारको प्राथमिकतामा नपरेपनि आफूले सम्पदाहरुको संरक्षणमा विशेष चासो राखेको बताउनुभयाे ।

उहाँले विभिन्न स्वार्थ समूहले अतिक्रमण गरेर सरकारी सम्पति र सांस्कृतिक सम्पदाहरु सरकारले फिर्ता ल्याउने क्रम जारी रहेको पनि बताउनुभयो । साे सम्मेलनमा नेपालसहित भारत, बगंलादेश, श्रीलंका, मलेसिया, इन्डोनेसिया, इटली, अमेरिका, जर्मनी, हंगेरीलगायत १४ देशका प्रतिनिधि सहभागी छन् ।

अन्तर्राष्ट्रिय हिन्दु सम्मेलन शनिबारसम्म चल्ने आयोजकले जनाएको छ ।