१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


त्रिकोणात्मक टी–ट्वान्टी सिरिजमा नेपाल र पिएनजी मैदानमा


91
Shares

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई जितका लागि २ सय ४ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर २ सय ३ रन बनाएकाे छ । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ६६ रनको अर्धशतकीय इनिङ खेलेका छन ।

आज (बिहिबार) नेपाल पीएनजीलाई हराएर एक खेल अगाबै फाइनल पुग्न चाहन्छ । सिरिजको पहिलो खेलमा नेपालले पीएनजीलाई १५ रनले हराएको थियो । नेपाल उक्त जितलाई कायम गर्न चाहन्छ ।

त्यस्तै, नेपालले दोस्रो खेलमा बुधबार मलेसियालाई ६ विकेटले हराएको थियो । नेपाल २ खेलमा लगातार जितसहित ४ अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।

पीएनजीले दुई खेलमा अंक जोड्न सकेको छैन । पीएनजी पुछारमा रहेको छ ।