
काठमाडौं, चैत ७ । सरकारले शुक्रबारदेखि कैदीबन्दी भेट गर्न पूर्णरुपमा रोक लगाएको छ ।
यसअघि अत्यावश्यक काममा मात्रै आफन्त तथा वकिललाई भेट गर्न दिइएकोमा आजदेखि कसैलाई पनि भेट गर्न नदिइने कारागार व्यवस्थापन विभागले जनाएको छ ।
विभागले शुक्रबार सबै कारागारमा यस्तो परिपत्र गरेको छ । कारागारभित्रै रहेका कर्मचारी तथा सुरक्षाकर्मीलाई समेत कैदीबन्दीसँग दूरी कायम गर्न भनिएको छ ।
कारागारभित्र औषधी लगायतका अत्यावश्यक सामग्री लैजााँदा समेत सावधानी अपनाउन भनिएको छ ।
कारागारमा भ्रमपूर्ण हल्लाबाट सचेत रहन र बच्ने उपायका बारेमा कैदीलाई जानकारी दिन विभागले निर्देशन दिएको छ । विभागको पछिल्लो तथ्यांक अनुसार कारागारमा २५ हजार १ सय ३७ जना कैदी रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्