२६ चैत्र २०८१, मंगलबार | Wed Apr 9 2025


अर्थतन्त्रममा देखिएका समस्या समाधानमा सरकार उदासिन


104
Shares

काठमाडौं । उद्योगी व्यवसायीहरुले मुलुकको अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न सरकार उदासिन बनेको आरोप लगाएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले केही महिनायता वित्तीय प्रणालीमा देखिएको तरलताको समस्या समाधान गर्न सरकार उदासिन बनेको आरोप लगाउनुभएको हो । उहाँले तरलताको समस्या समाधानका लागि राजनीतिक नेताहरुले व्यवसायीहरुसँग छलफल गरेर निकास निकाल्न आग्रह समेत गर्नुभयो ।

बैंक तथा वित्तीय संस्थामा तरलता अभाव बढ्दै गएको र ब्याजदरसमेत वृद्धि भइरहेको भन्दै उद्योगी व्यवसायीहरुले सरकारलाई ध्यानाकर्षण गराउदैं आएका छन् । तर आफूहरुले दिएको सुझाव सरकारले नसुनेको उहाँले गुनासो गर्नुभयो । उहाँले पछिल्लो समय उद्योगहरुमा लोडसेडिङ हुन थालेको भन्दै चिन्ता समेत व्यक्त गर्नुभयो ।

श्रेष्ठले लोडसेडिङ, बढ्दो बैंकको व्याज र तरलताको समस्या छिटो भन्दा छिटो हल नभए व्यवसायीहरु विस्थापित हुनुपर्ने अवस्था आउन लागेको बताउनुभयो । उहाँले तरलताको समस्या समाधान गर्न रेमिट्यान्स बढाउन केही सेवा सुविधा बढाउन आफूहरुले दिएको सुझाव सरकारले नसुनेको समेत बताउनुभयो । व्यवसायीहरूले उद्योग, कलकारखानामा पछिल्लो साता बिजुली कटौती भएको गुनासो गरी रहेका छन् ।

उनीहरुले केही दिनदेखि दैनिक १४ घण्टा भन्दा बढी समय अघोषित रूपमा लोडसेडिङ भईरहेको गुनासो गर्दै आएका छन् ।