
काठमाडौँ । नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
बढुवामा नपरेका डीआईजी ईश्वरबाबु कार्कीले गैरकानुनी रुपमा एआईजी बढुवा गरिएको भन्दै सर्वोच्च अदालतमा रिट दिनुभएको हो । वरिष्ठताक्रम र कार्यक्षमताका आधारमा बढुवा नगरिएको भन्दै कार्कीले सर्वोच्चमा रिट दिनुभयाे ।
आज (बिहिबार) बसेको मन्त्रिपरिषद बैठकले डिआईजी बसन्तकुमार पन्त, धिरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।
सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले उक्त रिटमा चैत २० गते सुनुवाई हुने जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्