
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने जिम्मेवारी सम्बन्धित पार्टी समितिलाई दिने निर्णय गरेको छ ।
केन्द्रीय कार्यकारिणी समितिको आज (बिहिबार) बसेको बैठकले २०७९ वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीले कुनैपनि खास पार्टीसँग गठबन्धन नगर्ने निर्णय गरेको हो ।
स्थानीय आवश्यकता र औचित्यको आधारमा गठबन्धन गर्नका लागि भने पार्टीको स्थानीय पार्टी समितिलाई अधिकार दिइएको लोकतान्त्रिक समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले बताउनुभयो ।
गाउँपालिका र नगरपालिकाले आवश्यकता र औचित्य हेरी गठबन्धन गर्न सक्ने र त्यसको अनुगमन गर्ने जिम्मेवारी भने प्रदेश र जिल्ला समितिलाई दिइएको उहाँले उल्लेख गर्नुभयो ।
लोसपाकाे बैठकले पार्टीको विधानलाई परिमार्जनसहित पारित गरेको छ ।
प्रतिक्रिया दिनुहोस्