९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


हिन्दुराष्ट्र पुनर्स्थापना, भ्रष्टाचार र विकासको मुद्दा बोकेर राप्रपा पुन: ब्यूताएको थापाकाे दावी


416
Shares

हेटौडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले गएको राप्रपाको एकता महाधिवेशनमा निर्मल निवासबाट प्रत्यक्ष हस्तक्षेप भएपछि रिमोट कन्ट्रोलबाट चल्ने पार्टीमा बस्नु भन्दा पार्टी नफुटाई पार्टीनै छोडेको बताउनुभयो ।

उहाँले राजनैतिक विश्राम नगरी हिन्दुराष्ट्र पुनर्स्थापना ,सुशासन ,भ्रष्टाचार तथा विकासको मुद्दा बोकेर राप्रपा नेपाल पुन: ब्यूताईएको दावी गर्नुभएकाे हाे । उहाँले अब राप्रपा नेपालले सम्वर्द्धन वाद, सुशासन र समृद्धिको नारा सहित सबै धर्मलाई स्वतन्त्रता र हिन्दुराज्य पुर्नस्थापनाको पक्षमा वकालत गर्ने बताउनुभयो

राप्रपा मकवानपुर जिल्ला समिति तथा नगर समितिका पदाधिकारीहरु आज ( बिहिबार) हेटौंडामा आयोजित एक कार्यक्रममा पूर्वउपप्रधानमन्त्री तथा राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेतृत्व गरेको राप्रपा नेपाल पार्टीमा प्रवेश गरेका छन् ।

अध्यक्ष थापाको उपस्थितिमा राप्रपा मकवानपुर जिल्ला समिति नगर समिति र भातृ संगठनहरु सहितको तर्फबाट राप्रपा मकवानपुरका अध्यक्ष गुरु प्रसाद सापकोटाले राजेन्द्र लिङ्गदेनले नेतृत्व गरेको राप्रपा पार्टी छोडेर कमल थापाले नेतृत्व गर्नुभएको राप्रपा नेपाल पार्टीमा समाहित भएको घोषणा गर्नुभयो ।