१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


एसियन कप छनोटको प्रारम्भिक टोली घोषणा


143
Shares

काठमाडौँ । एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेलका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरी २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले कुवेतमा हुने छनोटका लागि मुख्य प्रशिक्षक अलमुताइरीले २४ खेलाडीलाई बोलाएको जनाएको छ । प्रारम्भिक टोलीको घोषणा हुँदा नेपाली टोलीबाट नियमित सदस्य तथा मिडफिल्डर विशाल राई टोलीबाट बाहिरिएका छन् ।

त्यस्तै, फरवार्ड नवयुग श्रेष्ठ र डिफेन्डर विकास खवासले पुनरागमन गरेका छन । आर्मीका खेलाडीद्वय नवयुग र विकास चोटका कारण पछिल्लो समय राष्ट्रिय टोलीबाट बाहिर रहेकाथिए । एएफसी एसियन कप छनोटका लागि नेपालले वैशाख २ बाट बन्द प्रशिक्षण थाल्ने एन्फाले जनाएको छ ।

मोफसलमा भइरकेका प्रतियोगिता र सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्रले एएफसी कप छनोट–२०२२ को प्ले अफ खेल्ने भएकाले प्रशिक्षण केही पछिबाट मात्र सुचारु हुनेछ । कुवेतमा हुने एएफसी एसियन कप छनोटमा नेपाल समूह ए मा रहेको छ ।

समूह ए मा आयोजक कुवेतसँगै इन्डोनेसिया र जोर्डन रहेका छन् ।