१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


मागभन्दा दोब्बरको लिखित परीक्षा


845
Shares

रसुवा । स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरी भर्नामा जिल्लामा मागभन्दा झण्डै दोब्बरले लिखित परीक्षा दिएका छन् ।

दुई सय ८८ म्यादी प्रहरीको आवेदन खुलेको जिल्लामा पाँँच सय सात जनाले लिखित परीक्षा दिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । जसमा २ सय ९६ जना पुरुष रहेका छन भने १ सय ११ जना महिला छन् ।

जिल्लामा निर्वाचनका लागि ३४ मतदान स्थल तथा ५१ मतदान केन्द्र रहने छन् ।

जिल्लाभर ३८ हजार ५ सय ४५ मतदाता रहेका छन् । जसमा पुरुष १९ हजार छ सय ८९ र महिला १८ हजार ५ सय छपन्न रहेको जिल्ला निर्वाचन कार्यालय रसुवाले जनाएको छ ।