२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


म्यादी प्रहरीका लागि टुँडिखेलमा १७ सय ५ जनाको परीक्षा


325
Shares

अर्घाखाँची । म्यादी प्रहरीको लागि आवेदन दिएकामध्ये शारीरिक परीक्षामा उत्तीर्ण भएका १ हजार ७ सय ५ जनाले लिखित परीक्षा दिएका छन् ।

सन्धिखर्क टुँडिखेल मैदानमा उनीहरूले लिखित परीक्षा दिएका हुन् । उनीहरूले सरकारले देशमा रोजगारी सिर्जना गर्न नसकेको भन्दै गुनासो गरेका छन् ।

स्थानीय, प्रदेश, संघको नेतृत्वमा रहनेले रोजगारीको वातावरण सिर्जना गर्न नसकेको भन्दै उनीहरूले देश र जनताप्रति बफादार बन्न नेताहरूसँग आग्रह गरेका छन् ।

जिल्ला प्रहरी कार्यालयले ८ सय ८२ जना म्यादी प्रहरीको लागि आवेदन खुला गरेको छ ।