१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


असल नेतृत्व चुन्न खनालको आग्रह, विश्व कीर्तिमानी उपाध्यायलाई बधाई


39
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आगामी निर्वाचनमा असल नेतृत्व चुनेर नेपाललाई नयाँ युगमा लैजानुपर्ने बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा गीतसंगीत, कला तथा साहित्यमा १ सय ८ पटक विश्व कीर्तिमान राख्न सफल डा. डिआर उपाध्यायको एल्वम् विमोचन समारोहको उद्घाटन गर्दै नेता खनालले सुखी नेपाली र समृद्ध नेपाल भन्ने नारामा सबैको साझा चिन्ता हुनुपर्नेमा जोड दिनुभयो ।

४ वर्षको छोटो समय अवधिमा गिनिज बुक अफ वल्र्ड रेकर्ड्स मा १ सय ८ वटा विश्व कीर्तिमान कायम गरेकोमा सम्मानित नेता खनालले उपाध्यायलाई बधाईसमेत दिनुभयो ।

डा. उपाध्याय ५९ औ जन्मदिनको अवसर पारेर गरिएको कार्यक्रममा उहाँले रचना गरेका ८ वटा गीत संगीतका नयां एल्वमहरूको विमोचन गरिएको थियो । विगत १६ वर्षदेखि समसामयिक विषयमा कलम चलाइरहनुभएका उपाध्याय एक कुशल पत्रकार पनि हुनुहुन्छ ।

कार्यक्रममा डा.उपाध्यायले रचना गरेका गीतहरू विभिन्न नयाँ तथा पुराना पुस्ताका गायकहरूले गाएर उहाँप्रति सम्मान व्यक्त गरेका थिए ।