
एजेन्सी । युक्रेनले रुसी सहर बेलगोरोदको एउटा तेल भण्डारमा हवाइ आक्रमण गरेको छ ।
रुसका अधिकारीहरूका अनुसार क्रेमलिनले यो घटना किभसँगको शान्तिवार्ताका लागि प्रतिकूल संकेत भएको बताएको छ ।
आक्रमणका कारणल रुसी सीमा क्षेत्रदेखि झण्डै ४० किलोमिटरको दुरीमा रहेको बेलगोरोदको आवासीय क्षेत्र नजिककै तेल भण्डारमा भीषण आगलागी भएको छ ।
आगलागीमा मानवीय क्षति नभएको रुसी अधिकारीले बताएका छन् । रुसले भने यसको बदला राम्रै चुकाउने चेतावनी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्