
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार सिफारिसको मापदण्ड तय गरेको छ ।
सिफारिसका लागि ६ बुँदे मापदण्ड बनाएको माओवादीले पहिलेका प्रतिनिधिलाई सकभर नदोहोर्याउने भएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जारी गरेको सर्कुलरमा ‘विशेष परिस्थितिमा बाहेक सामान्यतया विगतका प्रतिनिधिलाई नदोहोर्याउने उल्लेख छ ।
देश, जनता, पार्टी र क्रान्तिप्रति निष्ठावान रहेको हुनुपर्ने, स्वच्छ छवि भएको हुनुपर्ने, विजयको सम्भावना भएको लोकप्रिय व्यक्ति छनाटमा ध्यान माओवादीको मापदण्डमा उल्लेख छ ।
त्यसैगरी, पार्टी अनुशसानप्रति निष्ठावान हुनुपर्ने र समानुपातिक समावेशी प्रतिनिधित्वका आधारलाई विशेष ध्यान दिनुपर्ने विषयलाई पनि मापदण्डमा ध्यान दिइएको छ ।
प्रतिक्रिया दिनुहोस्