
काठमाडौं । भक्तपुरको ताथलीमा प्लानिङको ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु भएको छ ।
चाँगुनारायण नगरपालिका–९ ताथलीमा चम्पा कुस्माले गरेको जग्गा प्लानिङमा पर्खाल लगाउने काम गर्ने दुई जनाको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
ज्यान गुमाउनेमा काभ्रे चौरी देउराली गाउँपालिका–३ को ५० वर्षका वर्षमान तामाङ र नमोबुद्ध नगरपालिका–९ का ३२ वर्षीय चतुरमान तामाङ रहेका छन् ।
घटनाबारे थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्