
काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)को मुख्यालय जानुभएको छ ।
तीन दिनको भ्रमणका लागि शुक्रबार भारत जानुभएका देउवा विमानस्थलबाट विदेशमन्त्री एस जयशंकरसँग भेटपछि भाजपाको मुख्यालय जानुभएको हो ।
पार्टी कार्यालयमा देउवालाई भाजपाका अध्यक्ष जगत प्रकाश नड्डाले स्वागत गर्नुभएको थियो ।
५० सदस्य टोलीका साथ भारत जानुभएका प्रधानमन्त्रीको टोलीले शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस्