
काठमाडौं । आन्द्रे रसेलको आक्रमक अर्ध शतकको सहयोगमा कोलकाता नाइड राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा दोस्रो जित निकालेको छ ।
शुक्रबार भएको खेलमा कोलकाताले पन्जाब किङ्सलाई ६ विकेटले हराएको हो ।
मुम्बईमा पन्जाबले दिएको १३८ रनको लक्ष्य पछ्याएको कोलकाताले १४ ओभर ३ बलमा ४ विकेट गुमाउँदै १४१ रन बनायो ।
कोलकाताका लागि आन्द्रे रसेलले ७० रनको अर्धशतकीय पारी खेले । ३१ बल खेलेका उनले २ चौका र ८ छक्का प्रहार गरे । त्यस्तै कप्तान श्रेयस आयरले २६ रन बनाउँदा श्याम बिलिङ्सले २४ र अजिङ्गे रहाणेले १२ रनको योगदान गरे ।
पन्जाबका राहुल चाहरले २ विकेट लिए । यस्तै, कागिसो रबाडा र ओडेन स्मिथले १–१ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको पन्जाबले १८ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै १३७ रन बनायो । पन्जाबका लागि भानु्का राजपाकसले सर्वाधिक ३१ रनको योगदान गरे । त्यस्तै लिम लिभिन्टोनले १९ रन जोड्दा हप्रित बर १४ र शिखर धावनले १६ रनको योगदान गरे । कोलकाताका लागि उमेस यादवले ४ विकेट लिए । त्यस्तै टिम साउथीले दुई विकेट लिँदा शिभम माबी, सुनिल नारायण र आन्द्र रसेलले एक–एक विकेट लिए ।
जितसँगै कोलकाताले ३ खेलबाट ४ अंक जोडेको छ । पराजित पन्जाबको २ खेलबाट २ अंक छ ।
प्रतिक्रिया दिनुहोस्