१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दिउँसो-राती पहाडी भू-भागमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना


143
Shares

काठमाडौं । हाल देशमा भारतको बिहारदेखि बङ्गालको खाँडीसम्म रहेको न्यून चापीय रेखा र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।

आज (शनिबार) प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा भने आँशिकदेखि सामान्य बदली रहेकोछ । देशको अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै, प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भईरहरको छ ।

शनिबार दिउँसो भने प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भू-भागमा भने आंशिक बदली रहनेछ। प्रदेश-१, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शनिबार राती भने प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । साथै मधेश प्रदेशमा आंशिक बदली रही देशका अन्य भू-भागमा भने मौसम सामान्यतया सफा हुनेछ ।

प्रदेश-१,बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।