६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


ठूलो दुर्घटनाबाट जोगियो नेपाल एयरलाइन्स


52.286k
Shares

काठमाडौं । नेपाल एयरलाइन्सको जहाज थाइल्यान्डमा ठूलो दुर्घटना हुनबाट जोगिएको छ ।

शुक्रबार काठमाडौंका लागि उड्न तयार भएको नेपाल एयरलाइन्सको जहाज धावनमार्गमा गुडिरहेको बेला एक्कासी दुवैतर्फका टायर पन्चर भएकोथियो । आरए ४०२ जहाज उडान भर्नका लागि धावनमार्गमा कुदिरहेको बेला एक्कासी दुवै तर्फको टायर पन्चर भएको र विमानका चालक र सहचालकको सुझबुझका कारण दुर्घटना टरेको नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य भुषण राजलवटले बताउनुभएकाे हाे ।

जहाज धावनमार्गमा उड्नका लागि स्पिड लिइरहेको बेला टायरको प्रेसर आवश्यकता भन्दा धेरै भएर स्पिड कन्ट्रोल गर्ने क्रममा दुबै तर्फको चक्का पन्चर भएको उहाँकाे तर्क छ । त्यसपछि सबै यात्रुलाई विमानबाट बाहिर निकालिएको थियो ।

जहाज मर्मत गरेर मात्र काठमाडौं ल्याउने तयारी भएको छ ।