१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पाल्पाको युनाइटेड मिशन अस्पतालले बिमाका बिरामीको उपचार नगर्ने


5.304k
Shares

पाल्पा । पाल्पाको तानसेनमा रहेको युनाइटेड मिशन अस्पतालले स्वास्थ्य बिमाका बिरामी उपचार नगर्ने भएको छ ।

सरकारले स्वास्थ्य बिमाका बिरामी उपचार खर्च बापत उपलब्ध गराउनुपर्ने १२ करोड ७ लाख ३७ हजार ५ सय ८७ बक्यौता रकम वैशाख ५ गतेसम्म उपलब्ध नगराए ६ गतेदेखि बिरामी उपचार नगर्ने भएको हो ।

युनाइटेड मिशन पाल्पाकी अस्पताल डाइरेक्टर डा. रचेल कारखले हालसम्मको बक्यौता रकमको भुक्तानी, खर्च अनुसारको मूल्य समायोजन, दाबी रकम भुक्तानी १५ दिनभित्र नभएमा अस्पतालको स्वास्थ्य बिमा कार्यक्रम बन्द गर्ने जानकारी दिनुभयो । सरकारले पैसा नदिँदा कर्मचारीलाइ नियमित तलब खुवाउन, औषधी खरीद गर्न र अन्य प्रशासनिक काम गर्न नै नसकिने अवस्थामा पुगेको डा. रचेल कारखले बताउनुभयो ।
.
अस्पतालका प्रशासकीय अधिकृत जीवन भट्टराइले जिल्लाका सरोकारवालाहरूसँगै पटक पटक छलफलको प्रयास गर्दा पनि सुनुवाई नभएपछि बाध्य भएर सेवा स्थगित गर्नुपर्ने अवस्थामा पुगेको जानकारी दिनुभयो । युनाईटेड मिशन अस्पताल पाल्पामा दैनिक ४ सय बढी बिरामीले सेवा लिँदै आएका छन् ।

यस अस्पतालमा पाल्पालगायत अन्य जिल्लाहरु गुल्मी, स्याङ्जा, बाग्लुङ, पर्वत, रुपन्देहीसँगै भारतको उत्तरप्रदेशबाट उपचारका लागि आउनेहरु गर्दछन् ।