१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


ललितपुरमा ट्याङकरको ठक्करबाट पैदलयात्रीको मृत्यु


403
Shares

काठमाडौं । ललितपुरको ललितपुर महानगरपालिका–७ ग्वार्कोमा शुक्रबार बेलुकी ट्याङकरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

बा २ ख ६५१० नम्बरको ट्याङकरले ठक्कर दिँदा मङ्गलबजार बस्ने ४२ वर्षीय राज महर्जनको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका उनलाई उपचारको लागि पाटन अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।

ठक्कर दिने ट्याङकर सहित चालकलाई महानगरीय प्रहरी वृत्त सातदोबाटोले नियन्त्रणमा लिएको छ ।