१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


स्थानीय निर्वाचनका लागि गठबन्धन जरुरी छ : नेता पौडेल


78
Shares

चितवन । नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले आगामी स्थानीय निर्वाचनका लागि गठबन्धन जरुरी भएकाे बताउनुभएको छ ।

आज (शनिबार) भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । गठबन्धनविना निर्वाचनमा जान नहुने भन्दै नेता पौडेलले ७० वर्षसम्म लडेर ल्याएको उपलब्धि रक्षाका लागि पनि अहिले गठवन्धन आवश्यक भएको बताउनुभएको हो ।

अहिले गठबन्धनबीच छलफल जारी रहेको र कुन स्थानीय तहमा कसलाई उम्मेदवार गराउने भन्ने निर्णय आउन बाँकी भएको समेत उहाँले बताउनुभयो । स्थानीय स्तरबाट छलफल भएपछि क्षेत्र, प्रदेश र बल्ल केन्द्रले निर्णय गर्ने बताउनुभएकाे छ ।

उहाँले गठबन्धन भएर जाने प्रष्ट पार्नुभएकाे हाे । नेता पाैडेलले केपी ओलीले विगतमा गरेका गतिविधिलाई इंकित गर्दै प्रतिगमनबाट देशलाई बचाउनका लागि गठबन्धन आवश्यक भएकाे बताउनुभयाे । परिवर्तन जोगाउनका लागि यो गठबन्धन भएकाे समेत बताउनुभयाे।

स्थानीय तहमा पनि गठबन्धन हुने नेपाली काँग्रेसका नेता रामचन्द्र पाैडेलकाे भनाइ छ ।