१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पाकिस्तानी प्रधानमन्त्री खान भन्छन्– ‘मेरो ज्यान जोखिममा छ’


325
Shares

एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफ्नो ज्यान जोखिममा रहेको विश्वस्त स्रोतबाट सूचना पाएको दाबी गर्नुभएको छ ।

आफूविरुद्ध संसदमा पेश भएको अविश्वासको प्रस्तावमाथि आइतबार हुने मतदानभन्दा एक दिन अगाडि समाचार संस्था एआरवाईसँगको एक अन्तवार्तामा प्रधानमन्त्री खानले आफ्नो ज्यान जोखिममा रहेको सूचना पाएको बताउनुभयो ।

‘मेरो ज्यान पनि जोखिममा छ भन्ने मेरो देशलाई जानकारी गराउन चाहन्छु, विपक्षीले मेरो चरित्र हत्याको योजना बनाएका छन् । म मात्र होइन मेरी श्रीमतीलाई पनि चरित्र हत्याको योजना गरेका छन्’, पूर्वक्रिकेटरसमेत रहेका ६९ वर्षीय खानले भन्नुभयो ।

प्रधानमन्त्री खानले आफू निडर भएर स्वतन्त्र र लोकतान्त्रिक पाकिस्तानका लागि लडाइँ जारी राख्ने बताउनुभयो ।

देशको शक्तिशाली सेनाले आफूलाई तीनवटा विकल्पहरू– अविश्वासको मत, मध्यावधि निर्वाचन र प्रधानमन्त्री पदबाट राजीनामा दिन सुझाव दिएको उहाँको भनाइ छ ।

आफ्नो ज्यान जोखिममा रहेको र विपक्षीहरूले चरित्रहत्या गरेको उनले दाबी गर्नुभयो ।