
काठमाडौं । ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज दुई खेलहरु हुँदैछन् ।
आईपीएल अन्तर्गत आज हुने पहिलो खेलमा मुम्बई इन्डियन्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल पौने ४ बजे सुरु हुनेछ । आज मुम्बई पहिलो जितको खोजीमा हुनेछ भने राजस्थान लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ ।
यस्तै, अर्को खेलमा गुजरात टाइटन्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुनेछ । गुजरात र दिल्लीको राति पौने ८ बजे सुरु हुनेछ । गुजरात आज लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ भने दिल्ली पनि लगातार दोस्रो जितको खोजीमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्