
ताप्लेजुङ । ताप्लेजुङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
शनिबार राति परेको चट्याङ लागेर ताप्लेजुङको सिरीजंघा गाउँपालिका–२ आम्वेगुदिनका मुकेश भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
आम्वेगुदिनको लासाटोलका २३ वर्षीय भट्टराईलाई शनिबार राति वर्षासँगै परेको चट्याङ लागेको थियो । चट्याङ लाग्नेबित्तिकै उपचारका लागि नजिकैको प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा पुर्याइएकोमा उनलाई स्वास्थ्यकर्मीले मृत घोषित गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्