१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भोजपुरका सरकारी विद्यालयमा आधुनिक शिक्षा


754
Shares

भोजपुर । आधुनिक तथा कम्प्युटर शिक्षाको विकास गर्न भोजपुरमा इश्वरीय मन्दिरले तदारुकता देखाउँदै आएको छ । मन्दिरले इ लर्निङ सेन्टरको सुभारम्भ समेत गरेको छ । नेपाल सरकारले तोकेका नमुना विद्यालयहरुमा आधुनिक तथा कम्पयुटर शिक्षालाई व्यवस्थित गर्न मन्दिरले कम्प्युटर शिक्षा अर्थात इ लर्निङ सेन्टर सुरु गरेको हो ।

इश्वरीय मन्दिर भोजपुरका सरकारी विद्यालयका लागि साच्चैको इश्वर बने झै देखिन्छ । परम्परागत सिकाई प्रणाली, चक, डस्टर, कालोपाटी र कापी कलममा शिक्षण गराउँदै आएका शिक्षक र अध्ययन गर्दे आएका दुरदराजका विद्यार्थीका लागि इश्वरीय मन्दिर झै बनेको हो । भोजपुरमा आधुनिक तथा कम्प्युटर शिक्षालाई सञ्चालन गर्न जिल्लाका नमुना विद्यालयहरुलाई कम्प्युटर वितरण गर्दै आएको छ । मन्दिरले प्रत्येक बर्ष एउटा विद्यालयलाई २० थान कम्प्युटर, स्मार्ट बोर्ड लगायत सामग्री दिदै आएको छ ।

यस बर्ष अरुण माध्यमिक दिंगलालाई २० थान कम्प्युटर, स्मार्ट टेलिभिजन, बहिरा आवासीय विद्यालय भोजपुरलाई स्मार्ट टेलिभिजन, सरस्वती आधारभुत विद्यालयलाई स्मार्ट टेलिभिजन प्रदान गरिएको छ । आधुनिक शिक्षालाई प्रभावकारी बनाउन जिल्लाका विभिन्न विद्यालयहरुमा कम्प्युटर ल्याव सञ्चालनसँगै इ लर्निङ् सेन्टरको स्थापना भएको हो । जसले विद्यार्थीको शिक्षण सिकाइमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।